singel post top banner

रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू

वेब खबर वेब खबर
|
आइतबार, चैत्र १७, २०८१
|
|
१८२ पटक हेरिएको
Shares
रत्ननगर- १५ का सुत्केरीलाई पौष्टिक आहार : जीउदो कुखुराको भाले र घ्यू

सारांश

  • पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा जीउदो कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ ।
  • सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो ।
  • आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले एक गर्भवती र १५ जना सुत्केरी आमालाई कुखुराको भाले सहित पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।

रत्ननगर, चैत १७ । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १५ ले वडाभित्रका गर्भवती र सुत्केरीलाई पौष्टिक आहारको रुपमा जीउदो कुखुराको भाले, घ्यू लगायतका पौष्टिक आहार उपलब्ध गराएको छ ।

सुरक्षित मातृत्व अन्तर्गत वडा कार्यालयले कुखुराको भाले, घ्यू सहित अण्डा, मह, चना, दाल, भटमास र मन्जन, ब्रस र साबुन वितरण गरेको हो ।

आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित औपचारिक कार्यक्रमका बीच कार्यक्रमका प्रमुख अतिथि वडा नं १३ का वडाध्यक्ष पोटबहादुर घिमिरे र वडा नं १५ का वडाध्यक्ष आशिक तामाङले एक गर्भवती र १५ जना सुत्केरी आमालाई कुखुराको भाले सहित पौष्टिक आहार हस्तान्तरण गरेका थिए ।

सो वडाले विगत तीन बर्षदेखि कुखुराको भाले सहित पौष्टिक आहार वितरण गर्दै आएको छ । सो अबसरमा वडा नं १३ का वडाध्यक्ष घिमिरेले गर्भवती र सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरणले समाजमा सकारात्मक सन्देश प्रबाह गरेको बताए ।

कुखुराको भाले सहितको पौष्टिक आहार सामन्य विषय भएपनि यसले ठुलो अर्थ राख्ने उनको भनाई छ । वडा नं १५ का वडाध्यक्ष तामाङले आमा र बच्चा दुबैको स्वास्थ्य सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको बताए ।

परिमाणका हिसाबले सामन्य भएपनि वडा कार्यालयले पौषण कार्यक्रमले वडाबासीको अपनोत्व गराउने भन्दै यसलाई आगामी बर्ष परिमार्जन गर्दै लैजाने बताए ।

वडा भित्रका सुनौलो भविश्यलाई स्वागत गर्ने र उनीहरुको भविश्व प्रति स्थानीय सरकार जिम्मेवार रहेको कुरा अनुभूति गराउन पौष्टिक आहार वितरण गरिएको उनको भनाई छ ।

वडा सदस्य रुकमाया परियारले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा सदस्यहरु इमप्रसाद पन्त, लीलादेवी पोखरेल, वडा सचिव नवराज तिवारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम आधारभूत स्वास्थ्य केन्द्रकी अहेब मीना कुँवरले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner

यो पनि पढौँ

आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
आज रङको पर्व होली : कहाँ कसरी मनाइन्छ ?
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय
रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 
उत्कर्षमा इरान–अमेरिका तनाव
उत्कर्षमा इरान–अमेरिका तनाव
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
महिला विश्वकप एसिया छनोटका लागि २० खेलाडी बन्द प्रशिक्षणमा
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
मौसम पूर्वानुमान : आज तीन प्रदेशका पहाडी भागमा मेघगर्जनसहित वर्षा
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो
महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो