singel post top banner

‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?

वेब खबर वेब खबर
|
शुक्रबार, आश्विन १०, २०८२
|
|
१५४ पटक हेरिएको
Shares
‘सीआरभी’ र ‘क्युआरटी’ जल्दा प्रहरीले कसरी काम गरिरहेको छ ?

सारांश

  • काठमाडौँ ।
  • भक्तपुरको सूर्यविनायक नगरपालिका–४, कटुञ्जेमा असोज ६ मा दुई पक्षबिच झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोल रुममा खबर गरे ।
  • झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुञ्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राजबहादुर ऐर घटनास्थलमा पुगे ।

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४, कटुञ्जेमा असोज ६ मा दुई पक्षबिच झगडा भएपछि स्थानीयले प्रहरी कन्ट्रोल रुममा खबर गरे । झगडा नियन्त्रण गर्न प्रहरी प्रभाग कटुञ्जेका प्रहरी नायव निरीक्षक राजन बनमाला र जवान राजबहादुर ऐर घटनास्थलमा पुगे ।

उनीहरू मोटरसाइकलमा गएका थिए । झगडा गर्नेहरूले प्रहरीलाई नै आक्रमण गरे । घटनास्थलमा खटिएका दुई जनाले सञ्चार सेटमार्फत सीआरभी (कन्ट्रोल रुम भेहिकल)को टिम पठाइदिन आग्रहर गरे । तर, आपत्कालीन अवस्थामा उपत्यका प्रहरी कार्यालयबाटै परिचालन गरिने चारपाङ्ग्रे सवारी (सीआरभी) कटुञ्जे क्षेत्रमा थिएन ।

तत्काल थप मद्दत नपुग्दा प्रहरीमाथि आक्रमण गर्नेहरू भोलिपल्टमात्रै पक्राउ परे । भक्तपुरमा मात्र होइन, काठमाडौँ उपत्यकाभर शान्ति सुरक्षामा प्रयोग गरिने प्रहरीका सवारी साधन जलेका छन् । जेनजी प्रदर्शनकारीले भदौ २४ मा उपत्यकाका १०३ वटा हलुका चारपाङ्ग्रे सवारीमा आगजनी गरे । उच्छृङ्खल समूहले २३ वटा हेभी गाडीमा आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए ।

हलुका सवारी साधनमा सीआरभी र मोबाइल गाडी पर्छन् । उपत्यकाभर घटनास्थलबाट खबर आएको ५ मिनेटमै सम्बन्धित ठाउँमा पुग्ने प्रहरीको रणनीति थियो । सो रणनीति अनुसार उपत्यकाभर मोटरसाइकलमा क्विक रेस्पोन्स टिम (क्युआरटी) परिचालन गरिन्थ्यो । क्युआरटी मोटरसाइकल पनि २१० वटा जलेका छन् । सीआरभी र क्युआरटी नहुँदा घटनास्थलमा पुग्न र अपराध नियन्त्रण गर्न प्रहरीलाई चुनौती बढेको छ । एसएसपी खनालले भने, ‘केही अप्ठ्यारो र चुनौती थपिएका छन् ।’

जेनजी पुस्ताको प्रदर्शनपछि अपराधमा संलग्नहरूको मनोबल बढेको र प्रहरीमाथि आक्रमण हुन थालेको प्रहरी अधिकृतहरू बताउँछन् । स्थानीयहरूले पनि सामाजिक सञ्जालमा घटनाबारे लेख्दै समाजमा सुरक्षा दिनुपर्ने प्रहरी आफैँ ‘असुरक्षित’ हुन थालेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरमा शान्ति सुरक्षा कायम गर्न विभिन्न प्रदेशबाट सवारी साधन झिकाइएको छ । एसएसपी खनाल भन्छन्, ‘प्रहरी प्रधान कार्यालयले प्रदेशहरूका युनिटबाट केही गाडी मगाएर हामीलाई उपलब्ध गराएको छ ।’

काठमाडौँ उपत्यकाका कतिपय युनिटले स्थानीय वडा र नगरपालिकाहरूसँग गाडी लिएर प्रयोग गर्न थालेका छन् । स्थानीय निकाय र सर्वसाधारणसँगको सहकार्यमा उपत्यकामा आगजनी भएका सबै युनिटबाट सेवा सुचारु गरिएको एसएसपी खनालले जानकारी दिए । उनले भने, ‘लगभग सबै ठाउँबाट सेवा प्रवाह सुरु भइसक्यो ।’

आगजनी गरिएका गाडी र भवनको क्षति विवरण उपत्यका प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा पठाएको छ । नयाँ गाडी खरिद र भवनको पुनर्निर्माणको योजना प्रहरी प्रधान कार्यालयले बनाउने एसएसपी खनालले बताए । उनले भने, ‘क्षतिको विवरण पठाएका छौँ । अरु योजना हेडक्वाटरले बनाउँछ ।’

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय