singel post top banner

बारा–४ मा किसानलाई कांग्रेस र रास्वपाको टक्कर

वेब खबर वेब खबर
|
मंगलबार, माघ १३, २०८२
|
|
२३६ पटक हेरिएको
Shares
बारा–४ मा किसानलाई कांग्रेस र रास्वपाको टक्कर

सारांश

  • सिमरा ।
  • बारा–४ मा अघिल्लो निर्वाचनमा १० हजार बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठलाई यसपटकको निर्वाचन चुनौतीपूर्ण देखिएको छ ।
  • २०७९ मा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनबाट निर्वाचित भएका श्रेष्ठ यसपटक मैदानमा अन्य दलसँग एक्लाएक्लै भिड्दै छन् ।

सिमरा । बारा–४ मा अघिल्लो निर्वाचनमा १० हजार बढी मतान्तरले विजयी भएका पूर्वमन्त्री किसान श्रेष्ठलाई यसपटकको निर्वाचन चुनौतीपूर्ण देखिएको छ ।

२०७९ मा नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाको गठबन्धनबाट निर्वाचित भएका श्रेष्ठ यसपटक मैदानमा अन्य दलसँग एक्लाएक्लै भिड्दै छन् ।

बारा–४ मा एमालेको संगठन बलियो भए पनि जेनजी आन्दोलनपछि जनाधार केही खस्किएको स्थानीयहरूको भनाइ छ । यता ९ वर्षपछि आफ्ना उम्मेदवारलाई रूख चिह्नमा मतदान गर्न पाउँदा कांग्रेसका कार्यकर्ताहरूमा पनि छुट्टै उत्साह देखिएको छ ।

श्रेष्ठसँगै चुनावी प्रतिस्पर्धामा कांग्रेसका श्यामबाबु गुप्ता, नेकपाका अजय कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहबर अन्सारी र लोसपा–जसपा गठबन्धनका सञ्जु साह मैदानमा छन् ।

गुप्ता, साह, कुशवाह र अन्सारीबाहेक नेपाल प्रहरी संगठनका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ पनि बारा–४ मा उम्मेदवार छन् ।

कुनै बेला श्रेष्ठका व्यावसायिक साझेदार रहेका पूर्व प्रहरी महानिरीक्षक खनाल ‘श्रेष्ठ हराऊ’ अभियानमा घरदैलोमा लागेका एमाले निकटस्थहरू टिप्पणी गर्छन् ।

 

२०६४ का संविधानसभा सदस्य जयप्रकाश यादवले बारा–४ मा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबिच नै मुख्य प्रतिस्पर्धा हुने दाबी गर्छन् । ‘जनाधार नभए पनि सबैले जित्छु त भन्छन् तर ४ नम्बर क्षेत्रमा कांग्रेस–एमालेबिच नै मुख्य प्रतिस्पर्धा हुन्छ,’ यादव भन्छन्, ‘उत्तरी भेगमा राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा–परिचर्चा छ, तर चुनाव जित्न गाह्रो छ ।’

यादव नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन् । जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत होहल्ला र चर्चामा आएजस्तो बारा–४ मा रास्वपाको संगठन, कार्यकर्ता नभएको उनी टिप्पणी गर्छन् ।

२०७९ को निर्वाचन बारा–४ मा नेकपा एमालेले समानुपातिकतर्फ १४ हजार ७८८ मत प्राप्त गरेको थियो । एमालेपछि यो क्षेत्रमा लोसपाले १० हजार ९११, कांग्रेसले ६ हजार ४७२, तत्कालीन नेकपा एसले ४ हजार ६९१, माओवादी केन्द्रले ६ हजार ५६१ र रास्वपाले ६ हजार २ सय ५६ मत प्राप्त गरेका थिए ।

बारा–४ मा नेकपाको पुरानो जनाधार हेर्दा (तत्कालीन माओवादी केन्द्र र नेकपा एसको समानुपातिक मत) ११ हजार २ सय मत छ, तर पार्टीले उठाएको उम्मेदवारप्रति कार्यकर्तामाझ खासै उत्साह भने देखिँदैन ।

यो क्षेत्रमा जितपुरसिमरा उपमहानगरसहित परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुर गाउँपालिकाका गरी ३८ वटा वडा पर्दछन् । ५ वटा स्थानीय तहमध्ये प्रसौनी र परवानीपुर गाउँपालिकामा एमालेको नेतृत्व छ भने जितपुर सिमरा तत्कालीन माओवादी केन्द्र, विश्रामपुर लोसपा र फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले नेतृत्व गरेको छ ।

२०७९ को निर्वाचनमा यहाँ एमाले उम्मेदवार एकवाल मियाँले २० हजार ३३६ मत प्राप्त गर्दा गठबन्धन उम्मेदवार श्रेष्ठले ३० हजार ३४१ मत ल्याएका थिए ।

२०७०, ०७४ र ०७९ को निर्वाचनलाई आधार मान्दा बारा–४ मा २० देखि २५ हजार एमालेको एक्लो मत रहेको श्रेष्ठको दाबी छ । उनले निर्वाचनमा अन्य दलसँग एक्लाएक्लै भिड्दा पनि आफू बलियो भएको दाबी गरेका छन् ।

 

‘मैले ३ वर्ष बारा जिल्ला र मधेसको विषयमा सडकदेखि सदनसम्म बुलन्द आवाज उठाएँ, विकास निर्माण र जनताको दुःखसुखमा साथ दिएको छु,’ श्रेष्ठले भने, ‘यसपटक निर्वाचनमा अलि फरक छ, संघीयता जोगाउनु छ, संविधान जोगाउनु छ र जलाउनेहरूलाई हराउनु छ ।’

हिजो व्यवसायमा सँगै सहकार्य गरेका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग आफ्नो कुनै द्वेष भावना नभएको र फागुन २१ पछिको निर्वाचन परिणामले देखाउने बताए । ‘मलाई चुनाव हराउन कसम खाएर आउनेहरूलाई पनि मेरो स्वागत छ,’ उनले भने ।

यहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका श्यामबाबु गुप्ता नयाँ अनुहार हुन् ।

युवामाझ लोकप्रिय मानिएका नेता गुप्ताले जितपुर सिमरा उपमहानगर प्रमुख, प्रदेश सभा सदस्यको उम्मेदवारीका लागि यसअघि धेरै प्रयास गरेका थिए ।

पछिल्लो समय पार्टीभित्रको विद्रोहका कारण गगन थापा समूहमा रहेका गुप्ताले पुराना अनुहारलाई पछि पार्दै टिकट हात पारेका हुन् । आफ्नो पार्टीलाई एक ढिक्का बनाउन र युवाको भावनालाई समेटेर लैजान आफूले उम्मेदवारी दिएको उनले बताएका छन् । ‘देशलाई युवा नेतृत्व चाहिएको छ, देशलाई बनाउन मेरो उम्मेदवारी हो,’ कांग्रेस उम्मेदवार गुप्ताले भने, ‘संसद्मा मजबुत आवाज उठाउन हामी लाग्ने हो ।’

यहाँ एमाले र कांग्रेसपछि अर्का मुख्य उम्मेदवार रास्वपाका रहबर अन्सारी हुन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मधेस प्रदेशसभा सदस्य बनेका अन्सारी मनोनयन दर्ताको केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका हुन् । रास्वपाबाट यहाँ उम्मेदवारी दिएका अन्सारी वीरगञ्ज निवासी हुन् । उनी २०७९ सालमा पर्सा क्षेत्र नं १(१) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

 

फरक निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका अन्सारीसँग जितपुरसिमराका १, २, ३ र ४ सहित उत्तरी भेगको समर्थन र जनाधार भए पनि दक्षिणतर्फ भने पार्टी कमजोर देखिन्छ ।

भ्रष्टाचार र बेथिति विरुद्धको यात्रामा बल दिन आफूले उम्मेदवारी दिएको अन्सारीको टिप्पणी छ । ‘मेरो हरेक आवाजले मधेस प्रदेश र देशमा तरङ्ग मच्चाएको छ, अब यसपालि एक्लै आवाज उठाउँदिनँ, मजस्ता हजारौँले आवाज उठाउनेछन्,’ अन्सारीले भने, ‘अब यो आवाजले भुइँचालो आउनेछ ।’

अन्सारीले पछिल्लो समय लोसपाका वरिष्ठ नेता जितेन्द्र सोनललाई मधेस प्रदेशको मुख्यमन्त्री बन्न अवरोध गरेका थिए ।

बाराको ४ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं ४ ले सबैको ध्यान खिचेको छ ।

 

यो पूर्व–पश्चिम राजमार्गसँग जोडिएको, आर्थिक नगरी, बारा–पर्सा औद्योगिक करिडोर, मधेस प्रदेशको एक मात्र राष्ट्रिय निकुञ्ज (पर्सा), विशेष आर्थिक क्षेत्र प्राधिकरण, मोतिहारी–अम्लेखगञ्ज पेट्रोलियम पाइपलाइन र वीरगञ्ज महानगरसँग जोडिएको क्षेत्र हो ।

मजदुरहरूको रोजगारी, तरकारी तथा खाद्यान्न उत्पादनका साथै माछापालनका लागि पनि यो क्षेत्र प्रख्यात मानिन्छ । उत्तरतर्फ चुरेभावरदेखि मधेसको समथर कृषियोग्य भू–भाग पनि यसै क्षेत्रमा पर्दछन् । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि बाराको अन्य क्षेत्रको तुलनामा यो क्षेत्रमा धेरै अवसरहरू भेटिन्छन् ।

कृषि सिँचाइ, औद्योगिक प्रदूषण भने यो क्षेत्रका मुख्य समस्या हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय