singel post top banner

रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

वेब खबर वेब खबर
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
१४८ पटक हेरिएको
Shares
रत्ननगरमा ज्येष्ठ नागरिकहरुका लागि कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण

सारांश

  • रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिकहरुका लागि सेवासुविधा तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
  • नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ज्येष्ठ नागरिकलाई दिनुपर्ने सेवासुविधाका सन्दर्भमा नगरपालिकाले कुनै कन्जुस्याइँ नगरेको बताउँदै आफूले पाउनुपर्ने सेवासुविधा र अधिकार र कानुनका विषयमा सबै ज्येष्ठ नागरिकले चासो लिनुपर्ने बताए ।
  • कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिसँग समन्वय गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको र कानुनमा उल्लेख भएबमोजिम ज्येष्ठ नागरिकलाई सेवासुविधा प्रदान गरिरहेको बताइन् ।

रत्ननगर, फागुन २७ । रत्ननगर नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा ज्येष्ठ नागरिकहरुका लागि सेवासुविधा तथा कानुनी सचेतनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिका संयोजक छविलाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले ज्येष्ठ नागरिकलाई दिनुपर्ने सेवासुविधाका सन्दर्भमा नगरपालिकाले कुनै कन्जुस्याइँ नगरेको बताउँदै आफूले पाउनुपर्ने सेवासुविधा र अधिकार र कानुनका विषयमा सबै ज्येष्ठ नागरिकले चासो लिनुपर्ने बताए ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला विकास अधिकृत दीपा घिमिरेले नगरपालिकाले नगरस्तरीय ज्येष्ठ नागरिक समन्वय समितिसँग समन्वय गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको र कानुनमा उल्लेख भएबमोजिम ज्येष्ठ नागरिकलाई सेवासुविधा प्रदान गरिरहेको बताइन् ।

अभिमुखीकरण कार्यक्रममा अधिवक्ता दिवाकर अर्यालले ऐन–२०६३, मुलुकी देवानी संहिता र नियमावली–२०६५ मा उल्लेख भएका कानुनका विषयमा ज्येष्ठ नागरिकहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा पहिलो चरणमा रत्ननगर–१, २, ३, ४, ९, १०, ११ र १२ वडाका दस–दस जना गरी ८० जना ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं, आर्थिक विकास समितिका संयोजक कलाधर पौडेल, रत्ननगर–१६ का वडाध्यक्ष हेमराज थापा, महिला विकास अधिकृत नानीमैया पौडेल, महिला विकास निरीक्षक रञ्जना पौडेललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय