singel post top banner

सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 

वेब खबर वेब खबर
|
आइतबार, बैशाख ७, २०८२
|
|
२४३ पटक हेरिएको
Shares
सकियाे वन्यजन्तु सप्ताह : संरक्षणकर्मीलाई सम्मान, क्षतिकाे राहत वितरण 

सारांश

  • चितवनमा बैशाख १ गतेबाट सुरु भएकाे ३०औ वन्जन्तु सप्ताह आइतबार सकिएकाे छ ।
  • साैराहा स्थित मृगकुञ्ज मध्यवर्ती उपभाेक्ता समितिले सप्ताहा समापनकाे अबसरमा वन तथा वन्यजन्तु संरक्षणमा याेगदान गरेका संरक्षणकर्मी, संघसंस्थालाई सम्मान तथा वन्यजन्तुबाट भएकाे क्षतिकाे राहत वितरण गरेकाे छ ।
  • मृगकुञ्जले चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा संरक्षणमा महत्वपूर्ण योगदान गर्ने मध्ये सौराहा सेक्टर प्रमुख तथा संरक्षण अधिकृत शान्तवहादुर मगर, चरा संरक्षणकर्मी, वासु विडारी, समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानकी सदस्य रिना लामा, राप्ती सरसफाई अभियन्ता अपिल घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेकाे छ ।

रत्ननगर, बैशाख ७ । चितवनमा बैशाख १ गतेबाट सुरु भएकाे ३०औ वन्जन्तु सप्ताह आइतबार सकिएकाे छ ।

साैराहा स्थित मृगकुञ्ज मध्यवर्ती उपभाेक्ता समितिले सप्ताहा समापनकाे अबसरमा वन तथा वन्यजन्तु संरक्षणमा याेगदान गरेका संरक्षणकर्मी, संघसंस्थालाई सम्मान तथा वन्यजन्तुबाट भएकाे क्षतिकाे राहत वितरण गरेकाे छ ।

मृगकुञ्जले चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा संरक्षणमा महत्वपूर्ण योगदान गर्ने मध्ये सौराहा सेक्टर प्रमुख तथा संरक्षण अधिकृत शान्तवहादुर मगर, चरा संरक्षणकर्मी, वासु विडारी, समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानकी सदस्य रिना लामा, राप्ती सरसफाई अभियन्ता अपिल घिमिरेलाई नगद पुरस्कार सहित सम्मान गरेकाे छ ।

त्यसैगरी पत्रकारिता मार्फत संरक्षणमा याेगदान गरेका नेपाल टेलिभिजनका चितवन संवाददाता राजेन्द्र आचार्य र रेडियाे चितवनका तिलक थापा तथा लामाे समय देखि सामुदायिक वनकाे कार्यालय सचिवकाे रुपमा उत्कृष्ट काम गरेका टिकौली मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका सचिव कृष्णप्रसाद आचार्य, चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका सचिव कृष्णप्रसाद आचार्यलाई नगद पुरस्कार सहित सम्मान गरिएकाे छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना र मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले दाेसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए ।

सप्ताह समापनकाे अबसरमा वन्यजन्तुबाट भएकाे मानवीय क्षति, घाइते र बालिनाली क्षतिकाे राहत रकम वितरण गरिएकाे छ ।

मृत्यु, घाइते र बालिनाली गरि ३३ जनालाई राहत वितरण गरिएकाे मृगकुञ्जका अध्यक्ष घिमिरेले जानकारी दिए ।

सप्ताहकाे अबसरमा मृगकुञ्जले साैराहाकाे पर्यटन विकासमा याेगदान गरेका व्यवसायीहरुलाई पनि सम्मान गरेकाे छ ।

जंगल सफारी रिसोर्ट, नेपाल डाईनामिक ईको टुर्सका सञ्चालक यूवराज पौडेल, द चितवन जंगल गाईडका सञ्चालक राजेन्द्र धामी, रत्ननगर वडा नं ८ निवासी दिपेन्द्र महतो, यूनाईटेड जंगल गाईड सर्भिसलाई सम्मान गरिएकाे छ  ।

व्यवसायी तर्फ सम्मानित हुने प्रत्येक परिवारका ५ जनालाई १ दिनकोलागि नि:शुल्क मचान बासको व्यवस्था गरिएकाे छ । सप्ताहकाे अबसरमा आयाेजित विभिन्न प्रतियाेगितामा उत्कृष्ट भएकाहरुलाई पुरस्कार वितरण गरिएकाे छ ।

बक्तृत्वकला प्रतियोगितामा प्रथम ग्रिन सोसाइटी पब्लिक स्कुलकि सायोना भुसालकी, द्वितिय पञ्चकन्या विद्या मन्दिरकी रोसालिन ढकाल, तृतीय मोर्डन इंडलिस वोर्डिङ स्कुलकी, कृति चौधरी र सान्त्वना खैरहनी माविकी मनस्वी धरेल तथा मोहना माविका सुजन शर्मा पौडेललाई पुरस्कार प्रदान गरिएकाे छ ।

चित्रकला प्रतियोगिता तर्फ प्रथम लाईसियम ईन्टरनेशनल ई. स्कुलकी आकांक्षा गोले, द्वितिय न्यू स्पिडी ईङलिस वोडिङ स्कुलकि प्रश्ना महतो, तृतीय पञ्चकन्या विद्या मन्दिरकी साराना धिताल, सान्त्वना लाइसियम इन्टरनेशनल इङलिस स्कुलका यूवराज महताे र नेपाल माविका अनिश चौधरी तथा वातावरणमैत्री फुटबल प्रतियोगितामा प्रथम समुदायमा आधारित चोरि शिकार नियन्त्रण यूवा जागरण र द्वितिय जनप्रतिनिधिकाे टिमलाई पुरस्कार वितरण गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि मध्यवर्ती काउन्सिलका अध्यक्ष ढुंगानाले निकुञ्ज, नेपाली सेना र समुदाय बीचकाे सहकार्यबाट संरक्षणमा भएकाे उपलब्धिल जाेगाइराख्नु पर्ने बताए ।

मृगकुञ्जका अध्यक्ष घिमिरेले संरक्षणमा दीर्घकालिन प्रभाव पर्ने गरि सप्ताहमा कार्यक्रम गरिएकाे बताए ।

मृगकुञ्जकी कार्यसमिति सदस्य विन्दा कार्कीले सञ्चालन गरेकाे उक्त कार्यक्रममा वडा नं ७ का कार्यबहाक वडाध्यक्ष सुर्यबहादुर तामाङ, मृगकुञ्जका पूर्व अध्यक्ष बासुदेव चापागाई, चितवन निकुञ्जका बरिष्ट संरक्षण अधिकृत अभिनास थापा, पर्यटन कार्यालय साैराहाका प्रमुख प्रेम ढकाल लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा समुदायमा आधारित चाेरी सिकार नियन्त्रण युवा जागरण अभियानका संयाेजक वसन्त रानाले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय