singel post top banner

जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस

वेब खबर वेब खबर
|
बुधबार, चैत्र २७, २०८१
|
|
१४९ पटक हेरिएको
Shares
जुटपानी एकेडेमीको २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस

सारांश

  • चितवनको कालिका-१ सूर्यपुर स्थित जुटपानी एकेडेमी माध्यमिक विद्यालयले मंगलवार २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस समारोह मनाएकोछ ।
  • विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिभद्र कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए ।
  • कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले निजी बिद्यालयका अभिभावक आफ्ना बालबालिका प्रती उत्तरदायी भएको बताउदै उनले भने, “निजि बिद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक आफ्ना बालबालिकाको एकदम राम्रो तरिकाले रेखदेख, सरसफाइ गर्दछन, पढाईमा परिश्रमी बनाउछन त्यसैले निजी बिद्यालयका बालबालिका शिक्षामा सधै अघि देखिन्छन ।

रत्ननगर, चैत २७ । चितवनको कालिका-१ सूर्यपुर स्थित जुटपानी एकेडेमी माध्यमिक विद्यालयले मंगलवार २२औं बार्षिकोत्सव एंव अभिभावक दिवस समारोह मनाएकोछ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलिभद्र कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले निजी बिद्यालयका अभिभावक आफ्ना बालबालिका प्रती उत्तरदायी भएको बताउदै उनले भने, “निजि बिद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक आफ्ना बालबालिकाको एकदम राम्रो तरिकाले रेखदेख, सरसफाइ गर्दछन, पढाईमा परिश्रमी बनाउछन त्यसैले निजी बिद्यालयका बालबालिका शिक्षामा सधै अघि देखिन्छन ।”

प्याप्सन चितवनका अध्यक्ष मदन पुरीले विद्यार्थीलाई शिक्षासंगै व्यवहारिक ज्ञान दिन सक्नुपर्नेमा जोड दिए । अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पढाइ र अन्य क्रियाकलापहरुका बिषयमा चासो राख्नुपर्ने र बिद्यालयका कार्यक्रमहरुमा उपस्थिति हुनुपर्ने बताए ।

शैक्षिक व्यक्तित्व डा। हरि कंडेलले प्रत्येक बर्ष अभिभावक भेला अनिवार्य देखिएको भन्दै अभिभावक एउटा ऐना भएकाले अभिभावकले आफ्ना बालबालिकाका हरेक क्रियाकलापको निगरानी गर्नुपर्ने बताए ।

कार्यक्रममा कालिका प्याप्सनका अध्यक्ष होम बहादुर थापा, समाजसेवि रेवती ढकाल, लालिगुरास टोल बिकास सस्थाका अध्यक्ष कृष्ण बहादुर घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।

साथै, सोहि अवसरमा २०८१ सालको वार्षिक परिक्षाफलको नतिजा प्रकाशन गरिनुका साथै शिक्षक, शिक्षिका तथा विद्यार्थीहरुलाई विभिन्न बिधामा पुरस्कृत गरिएको थियो ।

विद्यालयका प्राचार्य कमल प्रसाद सापकोटाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका सदस्य रामकाजी पाण्डेले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन बिद्यालयका शिक्षक शंकर दुवाडी गरेका थिए ।

बार्षिकोत्सव एंव अभिभावक दिवस समारोहमा जिल्ला स्तरिय लोक गायक गायीका जुना डल्लाकोटी र मिलन बाबुको बेजोड प्रस्तुती समेत रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय