singel post top banner

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

वेब खबर वेब खबर
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
१५८ पटक हेरिएको
Shares
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर

सारांश

  • फागुन १९ ।
  • नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
  • अमेरिकी एक डलर खरिददर १३९ रुपियाँ ७० पैसामा खरिद तथा १४० रुपियाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

फागुन १९ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। अमेरिकी एक डलर खरिददर १३९ रुपियाँ ७० पैसामा खरिद तथा १४० रुपियाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

यसैगरी, युरो एकको खरिददर १४४ रुपियाँ ९५ पैसा र बिक्रीदर १४५ रुपियाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपियाँ ७२ पैसा र बिक्रीदर १७६ रुपियाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ६३ पैसा र बिक्रीदर १५५ रुपियाँ २९ पैसा निर्धारण भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ७३ पैसा र बिक्रीदर ८७ रुपियाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ५७ पैसा र बिक्रीदर ९६ रुपियाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ४० पैसा र बिक्रीदर १०३ रुपियाँ ८४ पैसा निर्धारण भएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २७ पैसा र बिक्रीदर नौ रुपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १८ पैसा र बिक्रीदर १९ रुपियाँ २६ पैसा, साउदी रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३३ पैसा र बिक्रीदर ३८ रुपियाँ ५० पैसा कायम भएको बैङ्कले जनाएको छ।

थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ १० पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०३ पैसा र बिक्रीदर ३८ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ३१ पैसा र बिक्रीदर ३१ रुपियाँ ४४ पैसा तोकिएको छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ५६ पैसा र बिक्रीदर नौ रुपियाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ९९ पैसा र बिक्रीदर १३ रुपियाँ ०५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ४४ पैसा र बिक्रीदर १९ रुपियाँ ५२ पैसा तोकिएको छ।

केन्द्रीय बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८ रुपियाँ ०४ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपियाँ १३ पैसा र बिक्रीदर ४५४ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ६६ पैसा र बिक्रीदर ३७२ रुपियाँ २५ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपियाँ ८६ पैसा र बिक्रीदर ३६४ रुपियाँ ४२ पैसा निर्धारण गरेको छ।

राष्ट्र बैङ्कका अनुसार प्रस्तुत विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने छ भने वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्नेछ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय