singel post top banner

सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

वेब खबर वेब खबर
|
सोमबार, माघ ५, २०८२
|
|
२३३ पटक हेरिएको
Shares
सुशीला बम्जन हत्या प्रकरण : सासू र नन्द पुर्पक्षका लागि थुनामा

सारांश

  • सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।
  • गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए ।
  • पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।

५ माघ, काभ्रपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनामा सासू र नन्दलाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको  छ ।

गत पुस ६ गते आफ्नै घरमा सुशीलालाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सासू मायाँरानी बम्जन र नन्द मीना लामा पक्राउ परेका थिए । पुस ६ गते नै पक्राउ परेका उनीहरुलाई प्रहरीले अनुसन्धानपछि माघ २ गते अदालत पेस गरेको थियो ।

आइतबार जिल्ला न्यायाशीश गेहेन्द्रराज पन्तको इजलासले हत्या आरोपी सुशीलाकी सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको श्रेस्तेदार चित्रखर अधिकारीले जानकारी दिए ।

अदालतको आदेशपछि आइतबार नै दुवै जनालाई सिन्धुली कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

अर्का अभियुक्त ससुरा दुर्गामान बम्जन भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा रहेकाले प्रहरीले पक्राउ गरेको छैन । मुख्य योजनाकार भनिएका श्रीमान् सूर्यबहादुर बम्जन कोरियाबाट नेपाल आएका छैनन् । दुवै जनाविरुद्ध पक्राउ पूर्जि जारी गरिएको छ ।

प्रहरीले प्रारम्भिक बयान, घटनास्थलको अवस्था तथा संकलित प्रमाणका आधारमा अभियुक्तहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

यस घटनापछि मृतक सुशीलाको न्यायका लागि पीडित परिवार तथा स्थानीयवासीले निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै आएका छन् ।थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

नेपाली चियामा भारतीय अवरोध : गुणस्तरको समस्या कि व्यापारिक युद्ध ?

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

अहिलेसम्मकै तिव्र गतिमा काम गर्दै बालेन, ३५ दिनमै कक्षा १२ को नतिजा सार्वजनिक, देश बन्ने पक्का !

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

विश्वकप २०२६ : क्यानडाले इतिहास रच्दै पहिलो अंक बटुल्यो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

महेश बस्नेतको आरोप : सामाजिक सञ्जाल र विदेशी शक्तिमार्फत एमालेविरुद्ध भ्रम फैलाइयो

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने सरकारले निर्णय