singel post top banner

बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

वेब खबर वेब खबर
|
बिहिबार, भाद्र १८, २०८३
|
|
३५ पटक हेरिएको
Shares
बाढीपीडितको घरदैलोमा राहत लिएर पुगे सहयोगी मनहरू, चुप्चे र सोलेका परिवारलाई कपडा, त्रिपालदेखि चप्पलसम्म वितरण

सारांश

  • नुवाकोट ।
  • गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ।
  • बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीपारि चुप्चे र सोले क्षेत्रमा राहत सामग्री लिएर पुगेको टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै आवश्यक सामग्री वितरण गरेको छ।

नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण धादिङ, नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ। बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीपारि चुप्चे र सोले क्षेत्रमा राहत सामग्री लिएर पुगेको टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै आवश्यक सामग्री वितरण गरेको छ।

समाजसेवी किरण छत्कुली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश धमला, ज्वालामुखी गाउँपालिका–६ का वडाध्यक्ष किशोर सेढाईलगायतको सहकार्यमा राहत वितरण अभियान सञ्चालन गरिएको हो। विपत्तिमा परेका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यकर्मी, कपडा व्यवसायी तथा गार्मेन्ट व्यवसायमा आबद्ध विभिन्न व्यक्ति तथा व्यवसायीबाट संकलन गरिएको राहत सामग्री प्रभावित परिवारसम्म पुर्‍याइएको थियो।

अभियानअन्तर्गत विभिन्न व्यक्ति तथा व्यवसायीले ठूलो मात्रामा कपडा, त्रिपाल, सेनिटरी प्याड, चप्पललगायत सामग्री सहयोग गरेका थिए। समायोजन तथा सहकार्यमा भुपेन्द्र थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

DS DENIM का सन्तोष सेढाई र दिलबहादुरको सहयोगमा पाइन्ट, ज्याकेट तथा हाफपाइन्ट गरी ५०० थान कपडा तीन बोरा उपलब्ध गराइएको थियो। गौतम इम्पेक्सका राजेन्द्र गौतमबाट ४.५/४.५ आकारका ५८ थान त्रिपाल दुई बोरा सहयोग प्राप्त भएको थियो।

त्यस्तै, MK उद्योगका मानवबहादुर शाक्यले बच्चाका पाइन्ट, लेडिज पाइन्ट तथा जिन्स पाइन्ट गरी ३०० थान तीन बोरा उपलब्ध गराएका थिए। उज्वल फेसनका नरेश साहबाट १५० थान जिन्स टी–सर्ट एक बोरा सहयोग प्राप्त भएको थियो।

इन्द्र गौतमले १५० थान पाइन्ट उपलब्ध गराएका थिए भने रोसन रेडिमेटका जितेन साहले पाइन्ट तथा सर्ट गरी १५० थान कपडा सहयोग गरेका थिए। BS गार्मेन्टका नन्दलाल चौरसियाले पाइन्ट तथा हाफ ज्याकेट गरी ४०० थान कपडा दुई बोरा उपलब्ध गराएका थिए।

भोटाहिटीका पासा दाइबाट लेडिज तथा बालबालिकाका करिब २ हजार थान कपडा सहयोग गरिएको थियो। समाजसेवी किरण छत्कुलीले २८० थान सेनिटरी प्याड उपलब्ध गराएका थिए। त्यस्तै, चितवनका बिनोद लामाले २०० जोर चप्पल तथा लेडिज र बालबालिकाका कपडा सहयोग गरेका थिए।

राहत सामग्री संकलन, ढुवानी तथा वितरण कार्यमा निरज आले, रबिन आले, सुजन आले, धनमान शाक्य, जनक तिमल्सिना, संगम राना, बुद्धि रमतेल र भिम भाइले समेत प्रत्यक्ष सहयोग गरेका थिए। उनीहरूले दुई दिनसम्म तीनवटा गाडीको भाडालगायत अन्य आवश्यक खर्च व्यवस्थापन गर्दै राहत सामग्री प्रभावित क्षेत्रसम्म पुर्‍याएर वितरणमा सहयोग गरेका थिए।

बाढीबाट प्रभावित परिवारसम्म राहत पुर्‍याउन आवश्यक समन्वय तथा सहयोग गर्नुहुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश धमला, कपडा व्यवस्थापनमा सहयोग गर्ने किशोर सेढाई, जनक अधिकारीलगायत तथा स्थानीय जनप्रतिनिधिहरूको समेत महत्वपूर्ण भूमिका रहेको अभियानमा सहभागीहरूले बताएका छन्।

विपद्को समयमा पीडित परिवारलाई केही राहत र सहयोग पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा विभिन्न क्षेत्रका व्यक्ति तथा व्यवसायीले स्वेच्छिक रूपमा सहयोग गरेका हुन्। राहत सामग्री प्रत्यक्ष रूपमा प्रभावित परिवारको हातमा पुर्‍याएर वितरण गरिएको जनाइएको छ।

बाढी तथा पहिरोका कारण प्रभावित बनेका नागरिकलाई तत्काल राहतसँगै आगामी दिनमा पुनःस्थापना र आवश्यक सहयोगको समेत खाँचो रहेको स्थानीयहरूले बताएका छन्। विपद्को समयमा सरकारी निकायसँगै सामाजिक संस्था, व्यवसायी तथा सहयोगी मनहरूको सहकार्यले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

अभियानमा सहभागीहरूले राहत सामग्री उपलब्ध गराउने सम्पूर्ण सहयोगी मन, व्यवसायी तथा प्रत्यक्ष रूपमा फिल्डमा खटिएर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। विपत्तिको समयमा मानवीय भावनासहित पीडितको घरदैलोमा पुगेर गरिएको सहयोगले प्रभावित परिवारलाई केही हदसम्म राहत मिलेको बताइएको छ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

वेब खबर नेपाल
वेब खबर नेपाल
‘सबैको, सबैभन्दा राम्रो’
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
post page on related news top
also rade ad banner
singel sidbar banner
singel sidbar banner 2

छुटाउनुभयो कि ?